अर्थ

ललितपुर सिटी एफसीको मोबिलिटी पार्टनर साइमेक्स इंक

नेपालको लागि बिवाइडीको अधिकृत वितरक साइमेक्स इंकले नेपाल सुपर लिगको आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लबसँग मोबिलिटी पार्टनरका रूपमा सहकार्य गर्न सम्झौता गरेको छ। सो साझेदारीले साइमेक्स इंक र बिवाइडीको प्रविधि र दिगो विकासको साझा प्रतिबद्धतालाई जोडेको कम्पनीले जनाएको छ।

नोभेम्बर २४ बाट जारी नेपाल सुपर लिगका नौ फ्रेन्चाइज फुटबल टिममध्येको एक ललितपुर सिटी फुटबल क्लबले प्रदेश ३ अन्तर्गत ललितपुरको प्रतिनिधित्व गर्दैछ।

 सहकार्यले भविष्यमा मोबिलिटी, दिगो विकास र सामाजिक विविधताको क्षेत्रमा थप सम्भावना पहिल्याउने लक्ष्य राखेको जनाएको छ। यस्तै दुवै कम्पनीको दिगो विकासको साझा लक्ष्य प्राप्तिमा खेलकुद सशक्त माध्यम बन्नेमा कम्पनी विश्वस्त छ।

ललितपुर सिटी फुटबल क्लबको जर्सीमा देखिने बिवाइडीको लोगोले सवारी साधनमा नयाँ प्रविधिको विकास र खेलकुदबीचको सहकार्य दर्साउने कम्पनीले जनाएको छ।

साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत राहिल श्रेष्ठले ललितपुर सिटी फुटबल क्लबसँगको बिवाइडीको साझेदारीले कम्पनी निकै उल्साहित भएको बताए। यस सहयात्राले खेलको मैदानदेखि बाहिरसम्म खेल र दिगो विकासको सम्बन्धमा अझै प्रकाश पर्ने र सवारी साधनमा आएका नयाँ प्रविधिको विकासले समुदायमा परेका सकारात्मक प्रभावलाई स्पष्टसँग देखाउनेमा कम्पनी ढुक्क भएको बताए।

प्रकाशित: ११ मंसिर २०८० ०१:५५ सोमबार

साइमेक्स इंक ललितपुर सिटी फुटबल क्लब