अर्थ

भूकम्प पीडितलाई सामसङको सहयोग

सामसङ नेपालले भूकम्प पीडितलाई आर्थिक सहयोग गरेको छ। भूकम्प पीडित क्षेत्रलाई आवश्यक स्रोत साधन र सहयोग उपलब्ध गराउन र साथै पीडितहरूलाई राहत उपलब्ध गराउन सामसुङ नेपालका प्रसुङ जुनपार्कले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० लाख रूपैयाँको सहयोग हस्तान्तरण गरेका छन्।

यस आर्थिक सहयोगबाट प्रभावित क्षेत्र र त्यहाँका जनतालाई आवश्यक पर्ने राहत र सहयोग प्रदान हुने आशा सामसङ नेपालले राखेको छ।

प्रकाशित: ८ मंसिर २०८० ०१:११ शुक्रबार

भूकम्प पीडित सामसङ नेपाल