अर्थ

सबैभन्दा धेरै कर तिर्ने १६ करदाता सम्मानित

सरकारले सबैभन्दा धेरै कर तिर्ने १६ बिधाका करदातालाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवस २०८० समापनका अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन्।

आन्तरिक राजस्व कार्यालयले बिहीवार आयोजना गरेको कार्यक्रममा व्यक्तिगततर्फ धेरै करतिर्नेदेखि संस्थागत रुपमा कर तिर्ने सम्मानित भएका छन्।

सर्वाधिक कर तिरेर सम्मानति हुने करदाताहरुमा व्यक्तिगत अन्तर्गत सबैभन्दा धेरै आयकर तिर्ने विजयकुमार शाह छन् भने संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) रहेको छ। निर्यात कम्पनीमा डाबर नेपाल प्रालि, विषेश उद्योग  एसियन पेन्ट्स, कृषि एवम् पशुजन्य  उद्योगमा ओबिसी फुड्स प्राली रहेका छन्।

त्यसैगरी, वित्तीय संस्थातर्फ धेरै आयकर तिर्नेमा सहकारी तथा लघुवित्त विधाबाट छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक, बिमा कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, स्वास्थ्य तथा शैक्षिक संस्था मध्येबाटनोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन उद्योगमा मनकामना दर्शन प्रालि (मनकामना केबलकार), वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केट, रेमिटेन्समा आइएमई लिमिटेड, उर्जातर्फ भोटेकोसी पावर कम्पनी रहेको छ।

त्यसैगरी मध्यस्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ। आयकर, मूल्य अभिवृद्धि कर सहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) सूर्य नेपाल प्रालि रहेको छ।

प्रकाशित: ७ मंसिर २०८० ०५:५५ बिहीबार

सरकार कर करदातालाई सम्मान राष्ट्रिय कर दिवस र्थमन्त्री डा. प्रकाशशरण महत उत्कृष्ट करदाता