अर्थ

प्रधानमन्त्री दाहाल र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल सुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल सुरु भएको छ। अर्थतन्त्र चलायमान बनाउने विषय केन्द्रीत भएर प्रधानमन्त्री दाहालले सिंहदवारमा छलफल सुरु गरेका हुन्।

प्रधानमन्त्री दाहालले यसअघि सोमवार अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री, सचिव तथा अन्य सम्बन्धित पदाधिकारीहरूसँग पनि छलफल गरेका थिए। 

प्रधानमन्त्री दाहालको ११ महिने कार्यकालमा अर्थतन्त्रमा देखिएको सुधार र विद्यमान चुनौतीहरूबारे समीक्षाका लागि छलफल गर्न लागेका हुन्।

बैठकपछि प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकारले गर्ने केही ठोस नीति तथा कार्यक्रमहरु घोषणा गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ५ मंसिर २०८० ०९:१९ मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल निजी क्षेत्र अर्थतन्त्र अर्थतन्त्र चलायमान