अर्थ

तिहारको अवसरमा 'लक्ष्मी सनराइज उत्सव'

नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियान “लक्ष्मी सनराइज उत्सव” सार्वजनिक गरेको छ।

नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक बनाउन लक्ष्मी सनराइज बैंकले यो अभियान सार्वजनिक गरेको हो।

अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियान मार्फत टेवा पु¥याउने बैंकको लक्ष्य रहेको छ।

यस अभियान अन्तर्गत बैंकले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरुले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियो मार्फत उजागर गर्न आग्रह गरेको छ। यसरी भिडियो बनाएर सामाजिक संजालमा राख्नु हुने सहभागीहरुमध्ये उत्कृष्ट तीन  (३) भिडियोलाई क्रमशः रु ५०,०००, ३०,००० र १५,००० नगद पुरस्कारबाट पुरस्कृत गरिने छ।  

सहभागीहरुले भिडियो पोस्ट गर्दा बैंकलाई ट्याग गरी #laxmisunriseutsab पनि प्रयोग गर्नुपर्ने छ।  

प्रकाशित: २६ कार्तिक २०८० १२:०८ आइतबार

लक्ष्मी सनराइज उत्सव