अर्थ

गोकुल लामिछानेले जिते ‘दसैंमा दश लाख’

होन्डाको ‘दशैंमा दस लाख’ योजनाअन्तर्गत ठिमीका गोकुल लामिछानेले दस लाख रूपैयाँ जितेका छन्।

मेट्रो अटो सेन्टर, गठ्ठाघर, भक्तपुरबाट ग्राजिया एसटिडी बिएससिक्स खरिद गरेका लामिछानेले स्क्रयाच कुपनमार्फत दस लाख रूपैयाँ जितेका हुन्। होन्डा टु ह्विलर्सको बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ग्राहकवर्गको उत्साहजनक सहभागिताका कारण सो योजना अवधिलाई छठसम्म थप गरेको जनाएको छ।

यसका साथै ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकले १० हजारसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछ वा १२ हजार पाँच सय रूपैयाँ बराबरको पाँच वर्षे एएमसी प्याकेज पाउन सक्नेछ। कम्पनीले ग्राहकलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले ‘रु. १ फाइनान्स योजना’ मा पनि ‘दशैंमा दश लाख’ योजना उपलब्ध गराइरहेको जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०८० ०४:५८ आइतबार

होन्डाको ‘दशैंमा दस लाख’ योजना ठिमीका गोकुल लामिछाने मेट्रो अटो सेन्टर गठ्ठाघर भक्तपुर