अर्थ

एभरेष्ट बैंकको अध्यक्षमा डा. वैद्य

एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन्। बैंकको ३६० औं सञ्चालक समितिको बैठकले सञ्चालक समितिका सदस्य डा. वैद्यलाई अध्यक्ष नियुक्त गरको हो।

वैद्यले नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। विगत २० वर्षदेखि बैंकको सञ्चालक समिति सदस्य रहेका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रूपमा समेत परिचित छन्।

प्रकाशित: २६ कार्तिक २०८० ०४:५१ आइतबार

एभरेष्ट बैंकको अध्यक्षमा डा. वैद्य बैंकको ३६० औं सञ्चालक समितिको बैठक