अर्थ

सडक विस्तार गर्न दैनिक आठ घन्टा बन्द

नुवाकोट–पुस १ गतेदेखि ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाको काम तीव्रता दिन दैनिक आठ घन्टा सवारी साधन आवतजावत बन्द गर्न थालिएको छ । प्रत्येक बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहानको ११ बजेदेखि अपरान्ह ४ बजेसम्म यातायातका साधन बन्द गरिने भएको हो । 
राष्ट्रिय गौरवको आयोजनाको काम सुरु भएको एक वर्षमा लक्ष्यभन्दा कमजोर भएपछि निर्धारित समयमा काम पूरा गर्ने तयारीसहित शनिबारदेखि फागुन मसान्ससम्म सडकमा यातायात सञ्चालन नै बन्द गरी सडक विस्तारको कामलाई तीव्रता दिन सुरु गरिएको योजना प्रमुख सुबोधकुमार देवकोटाले बताए ।  
२१ महिनाभित्र पूरा गरिसक्नुपर्ने आयोजनाको काम १२ महिनामा बल्ल १० प्रतिशत मात्र भएकाले कमजोर रहेको कामको प्रगति उल्लेख्यनीय बनाउन सावारी साधन आवतजावत बन्द गरी काम गर्न लागिएको छ ।
यातायातका साधन बन्द गरिएको समयमा देवीघाट–गल्छी सडकमा गाडी अवरुद्ध हुने भएकाले वैकल्पिक सडकहरु त्रिशूली–ककनी–बालाजु अथवा त्रिशूली–छहरे–टोखा सडक खण्ड प्रयोग गर्न नुवाकोट प्रहरीले आग्रह गरेको छ । 

 

प्रकाशित: २ पुस २०७४ ०२:४७ आइतबार

सडक विस्तार गर्न दैनिक घन्टा