अर्थ

एसिया स्तरीय बैंकिङ सम्मेलन सुरु

एसियन बैंकर्स एसोसिएसन र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा एसिया स्तरीय बैंकिङ सम्मेलन काठमाडौंमा सुरु भएको छ। सम्मेलनमा १८ देशका ६३  प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा बैंकरहरूको सहभागिता रहेको छ।

सम्मेलनको उद्घाटनमा अर्थमन्त्री डा. प्रकाशशरण महतलेनेपालको जलविद्युत्मा लगानी गर्न आग्रह गरे। जलविद्युत् क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाए।

सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंकहरूले छोटो समयमा प्रगति गरेको बताए। अधिकारीले डिजिटल बैंकिङ प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए। एसियाली बैंकहरूले खराब कर्जा वृद्धि हुन नदिन सम्भावित जोखिमलाई आत्मसात गरेर व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताए।

सम्मेलनमा नेपाली बैंकहरूको व्यवसाय बिस्तारका लागि विदेशमा पनि जान सक्ने विषयमा छलफल भएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए।

नेपाली बैंकिङ क्षेत्र र बैंकरको एसियन बैंकर्स एसोसिएसन (एबीए)का अध्यक्ष युजेन एस एसेभेडोले प्रशंसा गरे। नेपाली बैंकरसँग सीप र दक्षता पनि भएकाले अब नेपाली बैंकहरूले विदेशमा पनि गएर व्यवसाय गर्नुपर्ने उनले बताए। 

प्रकाशित: २४ कार्तिक २०८० ०२:३९ शुक्रबार

एसिया स्तरीय बैंकिङ सम्मेलन सुरु एसियन बैंकर्स एसोसिएसन