अर्थ

विभिन्न संस्थाहरूद्वारा ४ करोडभन्दा बढी रकम प्रधानमन्त्री राहत कोषमा सहयोग

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न सङ्घसंस्थाहरूले ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेका छन्।  

आज बिहान बालुवाटारमा पर्यटन मन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी सहयोग रकम हस्तान्तरण गरेका हुन्।

सहयोग गर्नेहरूमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष रहेका छन्। त्यसैगरि गोरखा ब्रअरी प्रा.लि. ले पनि राहत कोषमा १ करोड सहयोग गरेको छ।

प्रकाशित: २२ कार्तिक २०८० ०४:२७ बुधबार

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोष पर्यटन मन्त्री सुदन किराती