अर्थ

ग्लोबल बैंकका ग्राहकलाई दराज ११ः११ मा २० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने सो छुट योजना अन्तर्गत ग्राहकले बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन मार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा दुई हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा दुई हजार पाँच सय रूपैयाँसम्म छुट पाउनेछन्।

बैंकका कार्डवाहक ग्राहकले छुट पाउनका लागि दराज एपबाट बैंकको कार्डको छुट भौचर संकलन गरी उक्त भाउचरहरू चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०८० ०२:४० बुधबार

ग्लोबल आइएमई बैंक बैंकका कार्डवाहक ग्राहक