अर्थ

सानिमा बैंकद्वारा २५ लाख रूपैयाँ सहयोग

सानिमा बैंकले भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो।

बैंकले भूकम्पका कारण मृत्यु हुने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

प्रकाशित: २२ कार्तिक २०८० ०२:०५ बुधबार

सानिमा बैंक भूकम्प पीडितका लागि आर्थिक सहयोग