अर्थ

रावा बैंकद्वारा एक करोड रूपैयाँ आर्थिक सहयोग

राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको सहायताका लागि एक करोड रूपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकका सञ्चालक समिति सदस्य दिलीपकुमार ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दहाललाई एक करोड रूपैयाँको चेक हस्तान्तरण गरेका छन्।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरूको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा बैंकको तर्फबाट एक करोड रूपैयाँ ट्रान्सफर गरेको जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०८० ०१:२२ बुधबार

रावा बैंकद्वारा एक करोड संस्थागत सामाजिक उत्तरदायित्व