अर्थ

सिविफिनद्वारा १० लाख सहयोग गर्ने घोषणा

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले भूकम्पपीडित राहत कोषमा १० लाख रूपैयाँ सहयोग गर्ने भएको छ।

परिसंघले आइतबार प्रेस विज्ञप्ति जारी गरेर जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको लागि सो रकम आर्थिक सहयोग गर्ने घोषणा गरेको हो। भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत सिविफिनकोतर्फबाट तत्कालका लागि १० लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

सिबिफिनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्पर्क गरी प्रभावित जनताको वस्तुस्थितिको बारेमा जानकारी लिएकोमा तत्काल खाद्यान्न, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी प्राप्त भएकाले उल्लिखित राहत सामग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पुर्‍याउने पवित्र मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउनु हुन सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायहरूमा सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई अनुरोध गरेको छ।

प्रकाशित: २० कार्तिक २०८० ०१:३३ सोमबार

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू