अर्थ

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

एभरेष्ट बैंकका संस्थापक एवं सञ्चालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन भएको छ। ९४ वर्षको उमेरमा मेडिसिटी अस्तालमा उपचारकै क्रममा श्रेष्ठको निधन भएको हो।

श्रेष्ठको कुशल नेतृत्व एवं अभिभावकत्वमा बैंकले उदाहरणीय प्रगति गर्दै आफूलाई दिगो, दरिलो र विश्वासिलो बैंकको रूपमा स्थापित गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए।

खालिङले यस दुखद घडीमा सान्त्वना प्रदान गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै शोकाकुल श्रेष्ठ परिवारमा समवेदना व्यक्त गरेको बताए।

प्रकाशित: १३ कार्तिक २०८० ०१:५८ सोमबार

एभरेष्ट बैंकका संस्थापक एवं सञ्चालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठ श्रेष्ठको कुशल नेतृत्व एवं अभिभावकत्व