अर्थ

हुम्लामा तारा एयरको जहाज दुर्घटना, पाइलटसहित चार घाइते

जनकबहादुर शाही

हुम्ला—तारा एयरको एउटा ट्विन अटर जहाज हुम्लाको सिमिकोट विमानस्थलबाट उड्न लाग्दा दुर्घटनामा परेको छ। दुर्घटनामा परी दुई प्रहरी र चालक दलका दुई जना घाइते भएका छन्। घाइते प्रहरीको टाउकोमा चोट लागेको छ।

सिमिकोटबाट विमानस्थलबाट सुर्खेत उड्नका लागि धावनमार्गमा कुदिरहेको जहाज पाङ्ग्रा पञ्चर भएर दक्षिणतर्फ पुगेको थियो।

जहाजमा १३ प्रहरीसहित ३ जना चालक दल सदस्य थिए। जहाजमा रहेका प्रहरी हुम्लाको र्विाचन सकेर सुर्खेत फर्किन लागेकाहरु थिए।

प्रकाशित: १२ मंसिर २०७४ ०५:४६ मंगलबार

हुम्लामा तारा एयरको जहाज दुर्घटना पाइलटसहित घाइते