अर्थ

चुकेनी जलविद्युत् आयोजनाको काम २ प्रतिशत बाँकी

फाइल तस्बिर

जुम्लाको पातारासी गाउँपालिकामा-१ मा रहेको निर्माणाधीन चुकेनी जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

करिब १ मेगावाट (९ सय ९८) किलोवाट क्षमताको आयोजना निर्माण अन्तिम चरणमा पुगेको हो। आयोजनाको काम ९८ प्रतिशत सकिएको छ भने २ प्रतिशत काम मात्रै बाँकी छ।

०७६ जेठ १० गते सम्झौता भएर आयोजना निर्माणको काम सुरु भएको थियो।  कर्णाली प्रदेशका पुर्व कानुन मन्त्री नरेश भण्डारी र पातारासी गाउँपालिका जनप्रतिनिधिले आयोजनाको स्थलगत अवलोकन गरेका छन्।

आयोजनाको स्थलगत अनुगमन गर्दै मन्त्री भण्डारीले यो आयोजनाले सिंगो जुम्लालाई उज्यालो दिने बताएका छन्।  

प्रकाशित: १० कार्तिक २०८० ०७:४२ शुक्रबार

चुकेनी जलविद्युत आयोजना