अर्थ

तामाकोशी आयोजनाको ८.२ किमी सुरुङ खन्ने काम सम्पन्न

दोलखा—स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएको छ। सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको आयोजनाले जनाएको छ।

ऊर्जा सचिव अनुपकुमार उपाध्यायको निर्देशनपछि आज बिहान ८.३० बजे सुरुङमा ब्रेक थ्रु’ भएको हो। असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ। डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्नेछ।

आयोजना प्रमुख विज्ञान श्रेष्ठले सञ्चारकर्मीसँग भने, 'अब सिभिलतर्फको काम १० प्रतिशत मात्र बाँकी छ।' इलेक्ट्रो मेकानिकलका लागि सामान आयोजनास्थलमा पुर्‍याउने काम भइरहेको छ।

आयोजना प्रमुख विज्ञान श्रेष्ठले सञ्चारकर्मीसँग भने, 'अब सिभिलतर्फको काम १० प्रतिशत मात्र बाँकी छ।' इलेक्ट्रो मेकानिकलका लागि सामान आयोजनास्थलमा पुर्‍याउने काम भइरहेको छ। खाडीचौरदेखि सिंगटीसम्मको प्रवेश मार्ग कालोपत्र सडक विभागले अगाडि बढाएको आयोजना प्रमुख श्रेष्ठले बताए।

हेभी इक्विपमेन्ट’ आयोजना स्थलसम्म पुर्‍याउन कठीन भएको छ। अहिले विद्युत् गृह जडानको काम अगाडि बढेको छ। कंक्रिटको काम द्रूत गतिमा अघि बढाउन रातदिन काम भइरहेको छ। उनकाअनुसार टर्वाइन र प्रसारणलाइन निर्माणको काम पनि जारी छ। प्रसारणलाइनका लागि ठड्याउनुपर्ने १४७ वटा पोलमध्ये १६ वटा मात्र बाँकी छन्।

श्रेष्ठका अनुसार आयोजनाको लागत रु ३५ अर्ब ३० करोड छ। कर्मचारी सञ्चय कोषको रु १० अर्ब, नेपाल टेलिकमको रु ६ अर्ब, नागरिक लगानी कोषको रु दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको रु दुई अर्ब लगानी छ। आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई दिनुपर्ने शेयर चुनावलगत्तै निष्कासनको तयारी गरेको छ। त्यसमा क, ख र ग वर्गमा विभाजन गरी जिल्लावासीलाई शेयर वितरण गरिनेछ।

प्रकाशित: ३ मंसिर २०७४ ०८:१२ आइतबार

तामाकोशी आयोजनाको ८.२ किमी सुरुङ खन्ने काम सम्पन्न