अर्थ

सुदूरपश्चिममा ‘लगानी विकास सम्मेलन’

सुदूरपश्चिम प्रदेश सरकारले कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ प्रदेश लगानी विकास सम्मेलन गर्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आउँदो फागुन २३ र २४ गते प्रदेश लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो।  

सुदूरपश्चिमको अर्थतन्त्रलाई मजबुत बनाउन तथा यहाँ उद्योग धन्दा, कलकारखाना सञ्चालन गर्ने वातावरण बनाउन लगानी विकास सम्मेलन गर्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताए। उनले भने,‘लगानी सम्मेलनले कृषि, उद्योग, विकासको क्षेत्रमा लगानी ल्याउन मद्दत गर्ने निर्णय भएको छ। त्यही अनुरुप हामी पनि लगानी भिœयाउन यो सम्मेलनको तयारी थालेका हौँ।’  

मुख्यमन्त्री शाहले कृषि र उद्योगमा लगानी गर्न चाहने व्यक्तिलाई जमिन, सडक, विद्युत तथा पानीको समस्या भएमा समाधान गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए। उनले सङ्घीय सरकारबाट गर्नुपर्ने सहयोगका लागि पनि प्रदेश सरकारले पहल गर्ने बताए। लगानी सम्मेलनमा देश र विदेशमा रहेका लगानीकर्ताहरुलाई सहभागी गराउने निर्णय भएको उनले बताए।

प्रकाशित: ३ कार्तिक २०८० ०४:३७ शुक्रबार

सुदूरपश्चिम प्रदेश प्रदेश सरकार औद्योगिक क्षेत्र लगानी विकास सम्मेलन