अर्थ

बाह्रसिंगे ‘बेल्जियम स्टाइल विटबियर’ सार्वजनिक

याक ब्रुइङ कम्पनीले दसैंतिहार जस्ता चाडपर्वको अवसर पारेर आफ्नो नयाँ क्राफ्ट बियर ‘बाह्रसिंगे बेल्जियम स्टाइल विटबियर’ सार्वजनिक गरेको छ।

गहुँबाट तयार गरिएको बेल्जियम शैलीको यो बियर जर्मन माल्टेड गहुँ, माल्टेड जौ, हप्स, इस्ट, धनिया र सुन्तलाको बोक्राबाट बनाइएको हो।

धनियाँको गेडा र सुन्तलाको बोक्राले यसको स्वाद र सुगन्ध दुवैलाई अझ परिष्कृत बनाएको जनाउँदै कम्पनीले यो बियर जुनसुकै अवसरका लागि आदर्श बियर बनेको दाबी गरेको छ। कम्पनीले काठमाडौंका केही स्टोरहरूमा कात्तिक १ गतेबाट उपलब्ध भएको जनाएको छ।

यसै क्रममा ब्रुइङ कम्पनीका प्रबन्ध निर्देशक अभिषेक श्रेष्ठले बेल्जियम विटबियर सयौं वर्ष पुरानो इतिहास बोकेको स्टाइल बियर भएको बताए। उनका अनुसार यसले विश्व बजारमा पुनरूत्थानको अनुभव गरिरहेको बताए।

कम्पनीका अनुसार बाह्रसिंगे बेल्जियम स्टाइल विटबियर ३३० मिलिलिटरको बोटल र ड्राफ्टमा कात्तिक १ गतेदेखि उपलब्ध छ। 

प्रकाशित: ३ कार्तिक २०८० ०१:२९ शुक्रबार

बाह्रसिंगे ‘बेल्जियम स्टाइल विटबियर’ सार्वजनिक