अर्थ

कामना बैंक र नेपाल सोलुसनबीच सम्झौता

कामना सेवा विकास बैंक र नेपाल पेमेन्ट सोलुसनबीच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता भएको छ।

सम्झौताबमोजिम बैंकका मोवाइल बैकिङ प्रयोगकर्ताहरूले आफ्नो मोवाइल बैंकिङ एपभित्र रहेको इन्ट्रा फन्ड ट्रान्सफरमार्फत् अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर गर्दा सेवा शुल्कबापत मात्र एक रूपैयाँ लाग्नेछ।

यो योजना कात्तिक १ गतेदेखि लागु भई पुस मसान्तसम्म लागु हुने बैंकले जनाएको छ। नेपाल पेमेन्ट सोलुसनले नेपाल राष्ट्र बैंकबाट स्वीकृतिलिई भुक्तानी सेवा प्रदायकको रूपमा सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: ३ कार्तिक २०८० ०१:१८ शुक्रबार

कामना सेवा विकास बैंक नेपाल पेमेन्ट सोलुसन