अर्थ

चन्द्रागिरी हिल्सलाई सर्टिफिकेट्स अफ मेरिट अवार्ड

काठमाडौं—चन्द्रागिरि हिल्स लिमिटेड ‘सर्टिफिकेट्स अफ मेरिटअवार्ड २०१७’बाट सम्मानित भएको छ। स्थापनाको छोटो समयमै चन्द्रागिरि हिल्स लिमिटेडले अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्य गर्दै आएकोले यस्तो सम्मानले सम्मानित गरिएको हो।

अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्र्ट एण्ड सुलिभान र सिएनआईले आयोजना गरेको कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट संस्थापक अध्यक्षएवम् संचालक श्र हेमराज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन्।

सम्मान ग्रहण कार्यक्रममा संचालकहरु एवम् महाप्रवन्धकको उपस्थिति रहेको थियो। चन्द्रागिरि हिल्स लिमिटेडलाई सोही संस्थाले गतवर्ष पनि ‘बेष्ट डेसटिनेशन अवार्ड–२०१६’ प्रदान गरेको थियो।

‘नेपाल बिजनेश एक्सलेन्स अवार्ड–२०१७’ को समापनको अवसरमा मङ्गलबार साँझ काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो।

व्यावसायीक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायीक फर्मलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ। सम्मान ग्रहणपछि बोल्दै संस्थापक अध्यक्ष एवम् संचालक ढकालले चन्द्रागिरि हिल्स लिमिटेडले विश्वब्यापी व्यवसायका मान्यतालाई आत्मसा थगर्दै अगाडि बढेको अवस्थामा प्राप्तभएको सम्मानले आफू र आफ्नो समूहलाई झनै प्रोत्साहन मिलेको बताएका थिए।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्वको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।

 

प्रकाशित: २९ कार्तिक २०७४ १२:४२ बुधबार

चन्द्रागिरी हिल्सलाई सर्टिफिकेट्स अफ मेरिट अवार्ड