अर्थ

भारतबाट ९५ हजार टन चामल ल्याइने

चामल निर्यातमा रोक लगाएको भारतले नेपालमा भने ९५ हजार टन चामल निर्यात गर्न अनुमति दिएको छ। मुलुकमा उत्पादित कृषिजन्य वस्तुले माग नधानेपछि सरकारले विदेशबाट चामललगायत खाद्यवस्तु आयात गर्दै आएको छ।

नेपाल सरकारले एक लाख मेट्रिक टन चामल आयातका लागि खुला गर्न भारत सरकारलाई आग्रह थियो। नेपालको आग्रहमा ९५ हजार टन चामल नेपाल निर्यात गर्न अनुमति दिइएको भारतको विदेश व्यापार महानिर्देशनालयले जनाएको छ।

गत जुलाई २० देखि भारतले गैरबासमती चामल निर्यातमा रोक लगाएपछि त्यसको असर नेपालको बजारमा परेको थियो। भारतले सात देशलाई कुल १० लाख ३४ हजार ८ सय टन चामल निर्यातको कोटा दिएको छ। त्यसमा नेपाल पनि पर्छ।

प्रकाशित: २ कार्तिक २०८० ००:३९ बिहीबार

नेपाल सरकार भारतबाट ९५ हजार टन चामल ल्याइने