अर्थ

नेपालमा ‘ओमोडा ५ ईभी’ लन्चको तयारी

चेरी इन्टरनेशनलले नेपालमा आफ्नो फ्ल्यागशिप भेरियन्ट ‘ओमोडा ५ ईभी’ लन्च गर्ने तयारी गरेको छ।

यस ईभीको विशेष झलकका लागि ओमोडाको चिनियाँ टोलीले अक्टोबर ९ मा एक अनलाइन लाइभस्ट्रिम कार्यक्रम सञ्चालन गरेको थियो।

ओमोडाका सीएमओ, लिलियन जिओंग र ओमोडाका प्रबन्ध निर्देशक कायपानद्वारा संचालित यो लाइभस्ट्रिम कार्यक्रम चीनबाट भएको थियो। 

ओमोडा ५ ईभीको मुख्य विशेषताहरू मध्ये एक यसको स्मार्ट हल्का ब्याट्री भएको कम्पनीले बताएको छ। ८१५५ क्वालकम स्मार्ट चिप, १६ प्रकारका ए.डी.ए.एस सोनी स्पिकर, असिस्टेड ड्राइङभिले ओमोडा ५ ईभीलाई उपभोक्ताहरूको नजिक ल्याउन सहयोग पुर्‍याउने कम्पनीले विश्वास लिएको छ।

यो ईभी दुई वटा ब्याट्री विकल्पहरूमा उपलब्ध हुनेछ: एक ६१ के.डव्लु.एच ब्याट्री भएको लामो दायरा भेरियन्ट जुन पहिले लन्च गरिनेछ। त्यसपछि ४० के.डव्लु .एच ब्याट्री रहेको छोटो दायरा भेरियन्ट लन्च गरिने कम्पनीले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०८० १०:४२ बुधबार