अर्थ

बट्टारमा एसबिआई बैंकको शाखा

काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले नुवाकोटको बट्टारमा आफ्नो ६८औँ शाखा तथा १०० औँ एटिएम संचालनमा ल्याएको छ।

 नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले बट्टारमा आज आयोजित एक समारोहका बीच उक्त शाखा तथा एटिएमको उद्घाटन गरे। काठमाडौंको केशरमहल अवस्थित प्रधान कार्यालयका अतिरिक्त बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ३ वटा क्षेत्रीय कार्यालय, ७ वटा एक्सटेन्सन काउन्टर, एक इनटच आउटलेट, ६८ शाखा  सहित कुल कुल ७९ वटा व्यवसायिक इकाई मार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकका हाल देशभर १०० वटा एटिएम (किओस्क, सिडीएम, सिआरएम तथा मोवाइल एटिएम सहित) रहेका छन्।

समुद्घाटन समारोहलाई सम्वोधन गर्दै श्री पौडेलले नेपाली बैंकिङ्ग जगतमा प्रविधीमा आधारित अत्याधुनिक र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा बैंकले नुवाकोट जिल्लामा समेत शाखा विस्तार गर्न सफल भएकोमा बैंक ब्यवस्थापनलाई बधाई तथा शुभकामना व्यक्त गरे।  बैंकका प्रबन्ध संचालक अनुकुल भट्नागरले नेपाल एसबिआई बैंक लि. ले नुवाकोटबासीहरुको सुविधालाई ध्यानमा राखी प्रविधिले सुसज्जित सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले बट्टारमा आफ्नो शाखा संचालनमा ल्याएको बताउँदै नवउट्घाटित शाखामार्फत सेवा गर्ने अवसर प्रदान गर्न जिल्ल्लाबासीहरुमा आग्रह गरे।

प्रकाशित: १९ कार्तिक २०७४ १३:३७ आइतबार

बट्टारमा एसबिआई बैंकको शाखा