अर्थ

आइएमईले छक्का–पञ्जा अफरको १० लाख प्रदान गर्‍यो

काठमाडौं— दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गतनगद रु. १० लाख राशीकोपहिलो बम्पर उपहार श्रीमती अम्बिका न्यौपानेलाई प्रदान गरिएको छ। आइएमई लिमिटेडका प्रमुख सेल्स अधिकृत रुद्रराज पौडेल र प्रबन्धक कृष्ण आचार्यले संयुक्त रुपमा १० लाख राशी बराबरको चेक न्यौपानेलाई प्रदान गरेका थिए।

कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाउँदा थानेश्वर न्यौपानेलाई उपहार परेको थियो। सेवाग्राही थानेश्वर न्यौपानेको सिफारिसमा अम्बिकान्यौपानेलाई उक्तबम्पर उपहार प्रदान गरिएको हो ।

आफ्नो स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी  १६०आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,८०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् देशमाकार्यरत नेपालीहरुले दु:खगरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै अाइरहेको छ।

प्रकाशित: १९ कार्तिक २०७४ १३:०६ आइतबार

आइएमईले छक्का–पञ्जा अफरको १० प्रदान गर्‍यो