अर्थ

अनर स्मार्टफोनको हरेक खरिदमा बम्पर उपहार

नेपालका लागि अनर स्मार्टफोनको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले आफ्ना ग्राहकका लागि चाडपर्व अफर ल्याएको छ। ‘बनाउ दशैं अनरमय’ भन्ने ट्याग लाइनका साथ कम्पनीले बम्पर उपहार ल्याएको छ।

सेलट्रोन नेपालले चाडपर्वको अवसरमा ल्याएको यो अफरले ग्राहकहरूमा उत्साह सिर्जना गर्ने विश्वास लिएको छ। अनरले ‘अनरको बहार, चाडपर्वमा उपहारै उपहार’ अभियान सुरु गरेको छ । यसमा खरिदकर्ताहरूले अनर स्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: २२ आश्विन २०८० ०२:२२ सोमबार

अनर स्मार्टफोनको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालि ‘बनाउ दशैं अनरमय’ भन्ने ट्याग लाइन