अर्थ

सर्भर डाउनले भन्सार नाका ठप्प

काठमाडौं – शनिबार मुलुकका विभिन्न भन्सार नाकामा ‘सर्भर डाउन’ले समस्या हुँदा कारोबार ठप्प भएको छ । सर्भर डाउनले काममा अवरोध भएपछि कुनै पनि कारोबार हुन नसकेको बताइएको छ।

भन्सार नाकामा सर्भर डाउनले गर्दा काममा अवरोध आएको सुक्खा बन्दरगाहका प्रमुख सूर्यप्रसाद सेढाईंले बताए। ‘शनिबार भन्सारमा सर्भर डाउनले काममा अवरोध आएको छ,’ सेढाईंले नागरिकसँग भने, ‘यसले गर्दा कुनै पनि नाकामा कारोबार हुन सकेन।’ 

सर्भर डाउनले काममा अवरोध भएपछि नाकाबाट छिर्ने गाडी तथा कन्टेर समेत छिर्न सकेनन् । यसले गर्दा राजस्व संकलन समेत हुन सकेन । 

प्रकाशित: १२ कार्तिक २०७४ ०३:०९ आइतबार

सर्भर डाउनले भन्सार नाका ठप्प