अर्थ

नेपाल-म्यानमार द्विपक्षीय परामर्श संयन्त्रको बैठक म्यानमारमा बस्ने

नेपाल र म्यानमार बीचको परराष्ट्र मन्त्रालयबिच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यानमारमा हुने भएको छ। 

विद्यमान दौत्य सम्बन्धलाई थप सुदृढ तुल्याउने उद्देश्यले दुवै देशको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यानमारमा हुने भएको हो । नेपाल–म्यानमार उद्योग वाणिज्य संघको १३ औँ वार्षिक साधारण सभाका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमबिच सो जानकारी गराइएको थियो। 

नेपालका लागि म्यानमारका राजदूत सेङ उले व्यापार, लगानी, पर्यटन र संस्कृति प्रवर्द्धनमा म्यानमार क्रियाशील रहेको बताए।संघका अध्यक्ष शिवकुमार अग्रवालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र म्यानमारको कुनै विमानस्थलबाट सिधा उडानका लागि आवश्यक व्यवस्था गर्न राजदूत सेङसमक्ष अनुरोध गर्दै द्विपक्षीय व्यापार, लगानी र पर्यटन विकासका लागि सहकार्य गर्न आह्वान गरेका थिए।

प्रकाशित: २० आश्विन २०८० ०७:३४ शनिबार

नेपाल-म्यानमार द्विपक्षीय परामर्श संयन्त्रको बैठक म्यानमारमा बस्ने