अर्थ

ज्योति बैंकको ‘कोइली क्युआर अडियो अलर्ट डिभाइस’ सेवा

ज्योति विकास बैंकले नयाँ प्रविधिमा आधारित ‘कोइली क्युआर अडियो अलर्ट डिभाइस’ सेवा सार्वजनिक गरेको छ।

बैंकले डिजिटल बैंकिङलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकको क्युआर भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकलाई सहजता प्रदान गर्न उक्त सेवा सुरु गरेको हो।

सेवाअन्तर्गत क्युआर अडियो अलर्ट डिभाइसमा रहेको क्युआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल भ्वाइस म्यासेज मार्फत प्राप्त गर्नेछन्।

उक्त सेवाले भुक्तानीलाई तत्काल प्रमाणीकरण गरी व्यवसायी तथा ग्राहकहरू बीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मदत गर्ने विश्वास बैंकको छ। बैंकले उक्त सेवा बिट्स क्राफ्टसँगको सहकार्यमा ल्याएको जनाएको छ।

प्रकाशित: १९ आश्विन २०८० ०२:३२ शुक्रबार

ज्योति विकास बैंक कोइली क्युआर अडियो अलर्ट डिभाइस