अर्थ

‘हुन्डाई फेस्टिभ कार्निभल’ सुरु हुँदै

हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ‘हुन्डाई फेस्टिभ कार्निबल’ सुरु गर्ने भएको छ। कम्पनीले यही असोज १९ देखि २१ गतेसम्म देशभरकासबै सोरूमहरूबाट सो योजना सञ्चालन गर्ने भएको हो।

कार्निभलमा खानाका स्टल, लाइभ सांगीतिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धी विभिन्न डिआइवाई टिप्स र ट्रिक, गाडीको निःशुल्क चेक जाँच, मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा, इभी गाडी सम्बन्धी विशेष जानकारी, अन्तरक्रिया कार्यक्रम, इभी हाइ भोल्टेज ब्याट्री चेकअप, मोटर्स र्‍याली लगायतका विभिन्न कार्यक्रम हुने कम्पनीले जनाएको छ।

तीन दिने कार्निबललाई अझै रोचक तथा प्रतिस्पर्धी बनाउन हुन्डाई टिकटक कम्टेस्ट, एक्स्ट्रा ट्रेजर हन्ट, डेली टेस्ट ड्राइभ एण्ड विन र महिला चालकहरू लक्षित हुन्डाई ‘विल्स एन्ड हिल्स’ जस्ता कार्यक्रम आयोजना हुने भएको छ।

कम्पनीका अनुसार कार्निबलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भई विजेता हुनेले बोस तथा वायरपुलका वासिङ मेसिन, माइक्रो ओभन, मिक्सचर ग्राइन्डरलगायत पाउने भएका छन्।

प्रकाशित: १९ आश्विन २०८० ०२:२८ शुक्रबार

‘हुन्डाई फेस्टिभ कार्निभल’ सुरु हुँदै लाइभ सांगीतिक प्रस्तुति