अर्थ

बृहत् आर्थिक बहस आयोजना गर्ने

महासंघको बैठक बागलुङको ढोरपाटनमा

नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले कार्यकारिणी समितिको बैठक बागलुङको ढोरपाटनमा सकिएको छ।

सोमबार सम्पन्न कार्यकारिणी समितिको तेस्रो बैठकले नेपाल सरकारसहित सबै सरोकारवालाहरूको सहभागितामा असोज मसान्तभित्र काठमाडौंमा बृहत् आर्थिक बहस कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बागलुङमा बसेको बैठकले निजीक्षेत्रले अर्थतन्त्रमा विद्यमान समस्या समाधान गर्न निरन्तर पहल गर्दै आए पनि त्यसको ठोस समाधान नभएकाले सबै सरोकारवालालाई एकै ठाउँमा भेला गराइ समाधान गर्न पहल गर्ने उद्देश्यले बृहत् बहस आयोजना गर्न लागेको जनाएका छन्।

 सरकारको चालु आर्थिक वर्षको वार्षिक बजेटमा  सन् २०२३–३२ लाई पर्यटन दशकका रूपमा मनाइने घोषणा गरिएको छ। सरकारको उक्त प्रयासलाई समेत सहयोग पुर्‍याउने उद्देश्यले निजीक्षेत्रका तर्फबाट सन् २०२५ लाई ‘नेपाल भ्रमण वर्ष’का रूपमा मनाउन सरकारसँग सहकार्य गर्ने निर्णय बैठकले गरेको छ।

नेपाल भ्रमण दशकलाई सफल बनाउन महासंघको केन्द्र, प्रदेश र जिल्ला/नगरमा पर्यटन पप्रवर्द्धन सम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गर्नुका साथै महासंघ तथा यसका सदस्य संघसंस्थाका लेटर प्याडमा भ्रमण वर्षको लोगो राखी प्रचार प्रसार गर्ने भएको छ। 

प्रकाशित: १६ आश्विन २०८० ०४:४८ मंगलबार

बृहत् आर्थिक बहस आयोजना गर्ने महासंघको बैठक बागलुङको ढोरपाटनमा