अर्थ

एनसेलद्वारा निःशुल्क स्वास्थ्य शिविर

एनसेल आजियाटाले आफ्नो १८ औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। काठमाडौंको लैनचौरस्थित ग्राउन्डमा भएको उक्त शिविरमा चार सयभन्दा बढी मानिसले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएका थिए।

नर्भिक अस्पतालसँगको सहकार्यमा आयोजना गरिएको उक्त शिविरमा मानिसहरूले विषेशज्ञ डाक्टरहरूबाट मुटु रोग, बाल रोग, स्त्री रोग, दन्त रोग र सामान्य स्वास्थ्य जाँच लगायतका परामर्श, इसिजी र मधुमेह जाँच सेवा पाएका थिए।

एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरूप सो स्वास्थ्य शिविर आयोजना गरिएको जनाएको छ।

प्रकाशित: १६ आश्विन २०८० ०३:३१ मंगलबार

एनसेलद्वारा निःशुल्क स्वास्थ्य शिविर आफ्नो १८ औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसर