अर्थ

सूर्यज्योति लाइफको ‘कर्पोरेट मिट’

सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर्मचारीहरूको व्यक्तित्व विकास र उत्प्रेरणालाई विचार गरी ‘कर्पोरेट मिट– २०८०’ सम्पन्न गरेको छ। कार्यक्रमको पहिलो दिन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले सबै कर्मचारीहरूले आफ्नो सोच, कार्यशैली, ग्राहकलाई पस्किने सेवा र सुशासन कायम गर्न हुनुपर्ने परिवर्तन सम्बन्धमा मार्गनिर्देशन गर्नु भएको थियो।

प्रमुख कार्यकारी अधिकृत खत्रीले सूर्या लाइफ र ज्योतिलाइफको मर्जर पश्चात् कम्पनीका हरेक सूचकहरू अब्बल देखिँदै आइरहेको बताए। कम्पनीको दूरगामी लक्ष्य प्राप्तिका लागि आफू कटिबद्ध रहेको साथै बिमितको सहज सेवा सुविधालाई अझै चुस्त दुरुस्त बनाउन आवश्यक कार्यविधिमा तदारुकताका साथ परिमार्जित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १६ आश्विन २०८० ०३:१३ मंगलबार

सूर्यज्योति लाइफको ‘कर्पोरेट मिट’