अर्थ

लिट्मस केवल्सको ‘वायरिङ दमदार, घर सानदार’ योजना

 लिट्मस केवल्सले नजिकिँदै गएको चाडपर्वको अवसरमा उपभोक्तालाई लक्षित गरी ‘वाइरिङ दमदार, घर सानदार’ योजना ल्याएको छ। योजनाअन्तर्गत, पाँच भाग्यशाली विजेताहरूले हरेक हप्ता ड्रिल मेसिन, राइस कुकर, एयरड्रपस, र स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक उपकरण जित्ने मौका पाउनेछन्।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ३५,००० रूपैयाँसम्मको लिट्मस केबल खरिद गरी त्यसको भ्याट बिलसहित लिट्मस केबलले वायरिङ गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९८०१९१४४५५ मा ह्वाट्स एप वा भाइबरमा पठाउनु पर्ने कम्पनीले जनाएको छ।

यस बम्पर लकी ड्रमा भाग्यशाली विजेताले टिभी, वासिङ मेसिन, ल्यापटप र मोबाइल जित्ने मौका पाउनेछन्। यो योजना १५ असोजदेखि ३० कात्तिकसम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १५ आश्विन २०८० ०३:५५ सोमबार

‘वायरिङ दमदार घर सानदार’ चाडपर्वको अवसर