अर्थ

विदेशबाट पनि मोबाइल बैकिङ गर्न मिल्ने

गरिमा विकास बैंकले विदेशमा रहेका आफ्ना ग्राहकको पहुँच हुने गरी मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको छ।

विदेशमा बसी विकास बैंकमार्फत मोबाइल बैकिङ सेवा लिन चाहने ग्राहकले बैंकले तोकेबमोजिमका कागजात पूरा गरी उक्त सेवा लिन सक्ने बैंकले जनाएको छ।

यस्तै बैंकले कहिल्यै पनि फोन गरेर वा अरू माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण (जस्तैः पिन, पासवर्ड, ओटिपी आदि) माग्दैन तसर्थ फोन कल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ विवरण अरूलाई नबाँड्न समेत अनुरोध गरेको छ।

प्रकाशित: १४ आश्विन २०८० ०२:५२ आइतबार

गरिमा विकास बैंक विदेशबाट पनि मोबाइल बैकिङ गर्न मिल्ने