अर्थ

पेट्रोल डिजेल र ग्यासको भाउ बढ्यो

पेट्रोल,डिजेल,मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको भाउ बढेको छ।

नेपाल आयल निगमले आइतबार देखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र हवाई इन्धको भाउ बढाएको हो।

निगमले शनिबार राती एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा दुई रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा ६ रुपैयाँ बढाएको उल्लेख गरेको छ। त्यस्तै खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर दुई सय १५ रुपैयाँ बढाएको छ।

हवाई इन्धन आन्तरिकतर्फ लिटरमा ८ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोमिटर ६० डलर (प्रति लिटर करिब ८ रुपैयाँ) बढाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य सूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ३४ पैसा, डिजेलमा चार रुपैयाँ ८२ पैसा, ग्यासमा एक सय ७३ रुपैयाँ ४५ पैसा र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ ५४ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

प्रकाशित: १४ आश्विन २०८० ००:४१ आइतबार

पेट्रोल डिजेल र ग्यासको भाउ बढ्यो