अर्थ

एनएलआईको तीन दिने चेयरपर्सन कार्यक्रम

नेसनल लाइफ इन्स्योरेन्स (एनएलआई) ले आफ्ना अभिकर्ताका लागि तीन दिने चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। तालिम तथा सम्मान कार्यक्रम यही असोज ६ गते देखि ८ गतेसम्म काठमाडौंमा भएको थियो।

उक्त कार्यक्रममा आव २०७९/२०८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४५० जनाभन्दा बढी अभिकर्तालाई चेयर पर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको थियो। यस्तै नेपालभरिबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम द्वितीय र तृतीय हुने अभिकर्ताहरू समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र सञ्जालमा उत्कृष्ट गर्ने सात जना लिडर अभिकर्तालाई सम्मानपत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो।

साथै सातवटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट प्रथम, द्वितीय, तृतीय हुने लिडर अभिकर्ताहरूलाई पनि सम्मानित गरिएको थियो। कार्यक्रममा अध्यक्ष सिंहले नेपालको जीवन बिमाक्षेत्रमा कम्पनीले आफ्नो अलगै पहिचान बनाइ एक प्रमुख जीवन बिमा कम्पनीको रूपमा आफूलाई स्थापित गरेको बताए। 

प्रकाशित: १२ आश्विन २०८० ०३:१० शुक्रबार

नेसनल लाइफ इन्स्योरेन्स (एनएलआई) आव २०७९/२०८०