अर्थ

नेपाल युवा उद्यमी मञ्च एक्काइसाैं वर्षमा

नेपाली युवा उद्यमी मञ्चले २० औं वार्षिकोत्सव मनाएको छ। मञ्च नेपालभरका युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा दुई दशकदेखि समर्पित छ।

उद्यमी गौरव अग्रवालको अध्यक्षतामा पाँच युवा उद्यमी मिलेर सुरु भएको मञ्चले युवा सशक्तिकरण, नीति एड्भोकेसी, मेन्टरसिप कार्यक्रम, च्याप्टर विस्तार, उद्यमशीलता शिक्षा, मेड इन नेपाल अभियानजस्ता विषयमा उद्यमीलाई सशक्तिकरण गर्न, र महत्वाकांक्षी उद्यमीहरूलाई प्रोत्साहित गर्न र सफल हुन प्लेटफर्म प्रदान गर्दै आएको जनाएको छ।

वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा मञ्चकी अध्यक्ष सहारा जोशीले मञ्चको अहिलेसम्मको अनुभवबाट नेपाली युवा उद्यमीहरूको आगामी पुस्तालाई सशक्तिकरण गर्ने प्रतिबद्धतालाई सुदृढ पार्न तत्पर रहेको बताइन्।

प्रकाशित: १० आश्विन २०८० ०४:११ बुधबार

नेपाली युवा उद्यमी मञ्च नेपालभरका युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा