अर्थ

नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर सञ्चालनमा

नेपाल बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवाको उद्घाटन गरेको छ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सेवाप्रदायक संस्था कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत रूपेशभक्त श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कल सेन्टरको उद्घाटन गरेका छन्।

यसैक्रममा बंैकको प्रमुख कार्यकारी अधिकृत अधिकारीले उक्त कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष, अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए। यस्तै कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकको ग्राहक सेवाको उत्कृष्टताको लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: ९ आश्विन २०८० ०९:०६ मंगलबार

नेपाल बैंक