सिटिजन्स बैंक र नयाँबानेश्वरको सूर्या हेल्थ केयरबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौता पश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले सूर्या हेल्थ केयरमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।
प्रकाशित: ९ आश्विन २०८० ०८:२१ मंगलबार