अर्थ

‘दशैंमा १० गुणा’ अभियान

वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरू दशैं, तिहार र छठ पर्वकोे अवसरमा ‘दशैंमा दश गुणा’ अभियान थालेको छ । कम्पनीले उक्त पर्वको उत्सवमा ग्राहकको खुसी गुणा गर्ने लक्ष्यसहित उक्त योजना ल्याएको हो । 

योजनामा सहभागी हुन ग्राहकले नेपालका ७७ जिल्लाहरूमा रहेको वेस्र्टन युनियन मनी ट्रान्सफर सेवाका १५ हजारभन्दा बढी भुक्तानी काउन्टरमध्ये कुनैबाट आफ्नो रेमिट्यान्स प्राप्त गर्नुपर्छ । अभियान अवधिका प्रत्येक कारोबारहरू स्वतः साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुने कम्पनीले जनाएको छ ।  

योजना अन्तर्गत आड हप्तासम्म ६४ ग्राहकले २५ हजारसम्मको कारोबारमा दुई गुणा र सोभन्दा बढीको कारोबारमा २५ हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।

यसका साथै बम्पर भाग्यशाली ग्राकहले एक लाख रूपैयाँसम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् भने पचास हजारभन्दा कम कारोबारमा निश्चित पुरस्कार पाँच लाख प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विजेताको कारोबार रकम एक लाख भन्दा बढी भए विजेताले निश्चित पुरस्कार रकम दश लाख प्राप्त गर्नेछन् । उक्त योजना नेपालभर असोज ८ देखि सुरू भई मंसिर १० गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: ९ आश्विन २०८० ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App