अर्थ

भुवानीप्रसादले फलाए दश किलोको घिरौँला

फलेवास – फलेवास नगरपालिका– ७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको बारीमा १० किलाको घिरौँला फलेको छ। 

साधारणतया एउटा घिरौँला एकदेखि डेढ किलोसम्मको हुने गर्छ । पौडेलले भने, “२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, यत्रो घिरौँला अहिलेसम्म फलेको थिएन।” 

घिरौँला तीन हात लामो छ । जेठमा रोपिएको घिरौँला अरु पनि यस्तै ठूला ठूला आकारमा फलेकाछन् । उनले सो घिरौँला बीउको प्रयोजनका लागि बचाइराखेको बताए। अस्वाभाविक ठूलो घिरौँला फलेपछि उनको बारीमा हेर्न आउनेहरुको भीड लाग्न थालेको छ। मलिलो जग्गाका कारण घिरौँला हौसिएर बढेको कृषि प्राविधिकले बताएका छन्। 

कृषि प्राविधिक आनन्दप्रसाद पौडेलले भने, “मलिलो जग्गा, नियमित गोडमेल र सिँचाइको प्रबन्धका कारण उत्पादन राम्रो भएको हुन सक्छ।” 

प्रकाशित: २१ आश्विन २०७४ ०९:२१ शनिबार

भुवानीप्रसादले फलाए दश किलोको घिरौँला