अर्थ

प्राइम बैंकको आयोजनामा रक्तदान सम्पन्न

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारीहरूको उत्साहप्रद सहभागिता रहेको थियो।

रक्तदान कार्यक्रममा कूल ५१ जना रक्तदाताले रक्तदान गरेको कम्पनी सचिव राजकुमार कार्कीले बताए। रक्तदाता कर्मचारी तथा सर्वसाधारणलाई सम्मान स्वरूप बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले प्रशंसा पत्र प्रदान गरेका थिए।

प्रकाशित: ८ आश्विन २०८० ०३:०७ सोमबार

प्राइम कमर्सियल बैंक लिमिटेड १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा