अर्थ

एनआईसी एसिया बैंकको २६ औं वार्षिक साधारणसभा

एनआईसी एसिया बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको साधारणसभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणबारे छलफल गरी स्वीकृत गर्ने लगायतका प्रस्तावहरूमा छलफल तथा निर्णय गरिएको थियो।

साथै, गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश सेयर र १.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको थियो।

प्रकाशित: ८ आश्विन २०८० ०२:५४ सोमबार

एनआईसी एसिया बैंक २६ औं वार्षिक साधारणसभा सम्पन्न