अर्थ

डिसहोमको ‘कनेक्सनको दोब्बर उत्सव’ योजना

डिसहोम फाइबरनेटले आफ्ना ग्राहकका लागि ‘कनेक्सनको दोब्बर उत्सव’ योजना ल्याएको छ।

चाडवाडको मौसममा यस योजना मार्फत डिसहोम फाइबरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ वा ५० एमबीपिएसको पैसा तिर्दा सय एमबीपिएसको ब्यान्डविथ पाउने कम्पनीले जनाएको छ।

उक्त योजना अन्तर्गत डिसहोम फाइवरनेट जडान गर्ने ग्राहकले ५०+५० एमबीपीएस एक वर्षका लागि एक सय एमबीपीएस ब्यान्डविथ उही पुरानै ५० एमबीपीएसको मूल्य सात हजार आठ सय ९८ (भ्याटबाहेक) रूपैयाँमा जडान गर्न सकिने भएको छ। साथै, ७५+७५ एमबीपीएसः एक वर्षका लागि १५० एमबीपीएस ब्यान्डविथ उही पुरानै ७५ एमबीपीएस ८ हजार ७ सय ५९ (भ्याट वाहेक) रूपैयाँमा जडान गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: ५ आश्विन २०८० ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App