अर्थ

कान्तिपुर मलले ‘दशैं-तिहार महोत्सव उपहार योजना-२०८०’ ल्याउँदै

कान्तिपुर मलले हरेका वर्षझै यसवर्ष पनि दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘कान्तिपुर मल दशैं तिहार महोत्सव उपहार योजना-२०८०’ ल्याउने तयारी गरेको छ।

योजनाअन्तर्गत कान्तिपुर मलमा सामान किन्ने ग्राहकले प्रथम पुरस्कारवापत १५० सिसीको यामाहा मोटरसाइकल, दोस्रो पुरस्कारमा ११३ सिसीको यामाहा स्कुटर, तेस्रो पुरस्कार ३२ इन्चको डिएचआई स्मार्ट एलइडी टिभी, चौथो पुरस्कार डिएचआई १८५ लिटरको फ्रिज र अन्य पुरस्कारहरू रहेका छन्।

ग्राहकले एक हजार रूपैयाँभन्दा बढी मूल्यका सामग्री कान्तिपुर मलमा खरिद गर्दा एकवटा कुपन सित्तैमा पाउनेछन् र उक्त कुपनमध्येबाट आगामी मंसिर ११ गते लक्की ड्रमार्फत घोषणा गरी उपहार प्राप्त गरेका व्यक्तिलाई त्यसको एक हप्तापछि पुरस्कार वितरण गरिने मलले जनाएको छ। 

प्रकाशित: ३ आश्विन २०८० ०५:५५ बुधबार

कान्तिपुर मल ‘दशैं-तिहार महोत्सव उपहार योजना-२०८०’ ल्याउँदै