अर्थ

‘वान राइड-२०२३’ कार्यक्रम सम्पन्न

रोयल इनफिल्डका लागि आविष्कारक विक्रेता अल्फा अटोमोटिभले ‘वान राइड-२०२३’ कार्यक्रम सम्पन्न गरेको छ। रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरू अनलाइन फर्म भरेर सो राइडमा सहभागी भएका थिए।

यसपटक पनि वान राइड विश्वभर एकैदिन आयोजना गरिएको थियो। यस राइडको नारा ‘वान मिसन वर्ल्ड, वान वर्ल्ड, वान राइड’ रहेको थियो।

राइड कार्यक्रम यही भदौ ३१ गते बिहान ६ बजे रोयल इनफिल्ड सोरुम नक्सालबाट सुरु भएर लाकुरे पुगी समापन भएको थियो। उक्त राइडमा सडक सुरक्षाका बारेमा सहभागीलाई जनचेतना दिइएको थियो।

नेपालमा काठमाडौंसहित १३ सहरमा उक्त राइड सम्पन्न भएको कम्पनीले जनाएको छ।देशको ग्रामीण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्दत गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उद्देश्यअनुसार लाकुरेमा रहेको श्री वासुकी माविका सबै विद्यार्थीलाई खेलकुद, म्युजिकल सामग्री र केही नगद सहयोग गरेको थियो।  

प्रकाशित: ३ आश्विन २०८० ०५:४० बुधबार

रोयल इनफिल्ड ‘वान राइड-२०२३’