अर्थ

रिपुमर्दिनी पेट्रोल स्टेसनमा डिजिटल भुक्तानी काउन्टर

हिमालयन बैंक लिमिटेडले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा भदौ २७ गतेदेखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ।

बैंक र सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनबीच भएको सम्झौता अनुसार पेट्रोल स्टेसनमा आउने सम्पूर्ण ग्राहकको सुबिधालाई मध्यनजर गर्दै उक्त काउन्टर सञ्चालनमा ल्याइएको हो।

रिपुमर्दिनी पेट्रोल स्टेसनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकले विभिन्न बैंकको मोबाइल बैकिङ एपमा रहेको नेपाल पे क्यु आर तथा सबै बैंकबाट जारी भएको एटिएम कार्डमार्फत पीओएस मेसिनमार्फत सहजै भुक्तानी गर्न सक्नेछन् भने भुक्तानी प्राप्त भए पश्चात् भोइस मेसिन तथा एसएमएसमार्फत क्रेता तथा बिक्रेताले भुक्तानी सम्बन्धी जानकारी प्राप्त गर्नेछन्।

बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी उज्वल राजभण्डारी र सैनिक कल्याणकारी कोषको तर्फबाट कोषका सहायक रथी किरण केसीले एक समारोहबीच बैंक र कोषका अन्य उच्चपदस्थ कर्मचारीहरूको उपस्थितिमा डिजिटल भुक्तानी काउन्टरको संयुक्त उद्घाटन गरेका थिए। 

प्रकाशित: २ आश्विन २०८० ०१:३८ मंगलबार

हिमालयन बैंक लिमिटेड रिपुमर्दिनी पेट्रोल स्टेसन