अर्थ

दरबारमार्गको केएफसी पुनः सञ्चालन

केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ। आधुनिक तथा रमणीय वातावरणसहित ग्राहकलाई खानाको उत्कृष्ट अनुभूति दिलाउने उद्देश्य लिएको केएफसीको दरबारमार्गस्थित स्टोर निर्माणपश्चात् पुनः सञ्चालनमा आएको छ।

दरबारमार्ग शाखा नेपालमा खुलेको केएफसीको पहिलो स्टोर हो। सन् २००९ नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी स्टोरको सञ्चालनसँगै नेपालमा केएफसी ब्राण्डको प्रवेश भएको थियो। यसैबीच केएफसी नेपालले बहुप्रतिक्षित डबल डाउन बर्गर (अलचिकेन–नो बन) नेपाल अधिराज्यभरि आफ्नो स्टोरहरूमा उपलब्ध गराउन सुरु गर्ने भएको छ। ग्राहकको अनुभवलाई अभिवृद्धि गर्न छिट्टै दरबारमार्ग स्टोरमा स्वचालित रूपमा अर्डर गर्न सकिने ‘सेल्फ–अर्डरिङ कियोस्क मेसिन’ जडान गर्ने जनाएको छ।

प्रकाशित: २ आश्विन २०८० ०१:३४ मंगलबार

केएफसी नेपाल आधुनिक तथा रमणीय वातावरण